Like us!
Follow us!
Connect us!
Watch us!

६.१ म्याग्नीच्युडको भूकम्प

मंगलबार, २१ जेठ २०७६, १७ : २१ मा प्रकाशित

६.१ म्याग्नीच्युडको भूकम्प

अर्थ संसार,जापान– जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको मौसम विज्ञान निकायले जानकारी दिएको छ ।

 यस भूकम्पको केन्द्रविन्दु ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सूचना जारी गरिएको छैन ।

 स्थानीय समयानुसार मङ्गबार अपराह्न १ः४५ मा उक्त भूकम्प गएको थियो । यस भूकम्पपछि धनजनको क्षतिको कुनै समाचार प्राप्त भएको छैन । जापान भूकम्पबाट बारम्बार प्रभावित हुने मुलुक हो ।  

जापानमा सन् २०११ मा आएको ९.० म्याग्निच्युडको भूकम्पपछिको सुनामीमा परी करिब १९ हजारको मृत्यु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको