अर्थ संसार,काठमाडौं– शाहसिक तथा पर्यटकीयखेलप्रवर्धन गर्नेमुल नाराका साथ स्थापित नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनबिगत ९ वर्ष देखि नेपाली खेलकुदको क्षेत्रमा क्रियाशील रही आएको सघंहो जसको बुधबार पाचौँ वार्षिक साधारण सभा तथा निर्वाचन सम्पन्न भएको छ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघिय संसद सदस्य मा. जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको कार्यक्रमलाई नेकपा का केन्द्रिय सदस्य सूर्य थापा, नेपालकालागि ग्रीसकामहाबाणिज्य दुत बिक्रम पांडे, नेपालका लागि बेल्जीयमका बाणिज्य दुत आङ्ग छिरिङ्ग शेर्पा तथा पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोविन्द भट्टराईलेसम्बोधन गर्नु भयो।
साथै, आज विश्व वाताबरण दिवस ५ जुनका अवसरमा संघ द्वारा दिगो पर्यटनका लागि प्राकृतिक तथा शाहसिक खेल विषयक अन्तरक्रिया समेत गरियो। पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोविन्द भट्टराईले खेलकुद पर्यटन सम्बन्धि विषय वस्तु बारे प्रस्तुति गर्नु भयो भने सूर्य थापा, आङ्ग छिरिङ्ग शेर्पा र बिक्रम पांडे र मा.जीवनराम श्रेष्ठले “नेपाल शाहसिक तथा पर्यटकीय खेलकुदको प्रचुर सम्भावना भएको राष्ट्र हो, पर्यटन प्रवर्धन गर्न स्पोर्ट क्लाइम्बिङ्गले महत्वपूर्ण योगदान पुर्याउने छ, साथै यो ओलम्पिक खेल भएको हुँदा यस संघलाई सधै साथ, सहयोग र समर्थन रहने छ” भन्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
कार्यक्रममा एसोसिएसनकाअध्यक्ष श्री हरि धरेलले प्रस्तुत गरेको वार्षिेक प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष प्रेम नारायण अधिकारिले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मतले पारित गरियो ।त्यसै गरी आगामी चार वर्षे कार्ययोजना पारित गर्दै देहाय अनुसारको पदाधिकारी निर्विरोध चयनगरियो ।
अध्यक्ष — हरि धरेल
उपाध्यक्ष— सुनार गुरुङ
उपाध्यक्ष— समपन्न याकथुम्बा
उपाध्यक्ष — प्रेम नारायण अधिकारी
महासचिव— मेघराज पौड्याल
सचिव— ठाकुर न्यौपाने
कोषाध्यक्ष — दोरिन्द्र राज दाहाल
सदस्य— दिपेश केसी
सदस्य— लाक्पा शेर्पा
सदस्य— सन्तोष मादेन
सदस्य — केशव सापकोटा
सदस्य — चारु श्रेष्ठ
सदस्य — अन्जु रावत
सदस्य— सुजित कंडेल
सदस्य— हरेराम खड्का
सदस्य— तुल्सिङ्ग गुरुङ
अन्तत , नव निर्वा्चित कार्यसमितिका अध्यक्ष हरि धरेलले प्रतिवद्धता व्यक्त गर्नु भयो भने नेकपाका केन्द्रिय सदसिय सुर्य थापाले नवनिर्वा्चित कार्यसमितिलाइ बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो। साथै , निर्वाचन अधिकृत दोय चन्द्र राइ तथा ओमनाथ न्यौपानेले निर्वा्चित समितिलाई सापट ग्रहण तथा प्रमाणपत्र प्रदान गर्नु भयो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस