Like us!
Follow us!
Connect us!
Watch us!

इटहरी उपमहानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा पत्रकार  सहभागि नहुने

मिलन खड्का

विहीबार, २३ जेठ २०७६, १० : ३७ मा प्रकाशित

इटहरी उपमहानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा पत्रकार  सहभागि नहुने

शिव भट्टराई

अर्थ संसार,इटहरी-नेपाल पत्रकार महासंघ सुनसरी शाखाले इटहरी उपमहानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागि नहुने जनाएको छ । 

इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीका गतिविधिले पत्रकार असुरक्षित भएको भन्दै उपमहानगरका गतिविधिमा सहभागि नहुने निर्णय गरेको वुधबार साँझ इटहरीमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो । 

महासंघ सुनसरी अध्यक्ष अमर खड्काले पत्रकार विराट अनुपमलाई दिएको धम्कीले महासंघको गम्भिर ध्यानाकर्षण भएको बताए । अध्यक्ष खड्काले मेयर चौधरीको अभिव्यक्तिले सिङ्गो पत्रकारिता क्षेत्र र पत्रकारहरु असुरक्षित भएकोले असुरक्षाकै कारण इटहरी उपमहानगरका गतिविधिमा सहभागि हुन नसक्ने वातावरण बनेको बताए । उनले भने–‘सुरक्षाको ग्यारेन्टी नभएसम्म इटहरी उपमहानगर जान सकिंदैन ।’ साथै महासंघ सुनसरीले इटहरी उपमहानगरको प्रेसप्रतिको धारणा स्पष्टताको माग पनि गरेको छ । साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्र, प्रदेश, जिल्ला र इटहरी समितिको पनि प्रेस प्रतिको धारणा स्पष्ट हुनु पर्ने माग गरेको छ ।

त्यसैगरी, वुधवार नै सुनसरी जिल्ला प्रशासन कार्यालयमा एक ज्ञापनपत्र बुझाउदै सुनसरीका पत्रकारहरुको सुरक्षा गर्न माग गरिएको छ । 

प्रदेश पत्रकार महासंघका अध्यक्ष विक्रम लुइटेल र महासचिव विवेक गौतमको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको थियो । 

प्रदेश महासंघ अध्यक्ष विक्रम लुइटेलले इटहरीका मेयरको कार्यशैली विरुद्ध आन्दोलन गर्नु पर्ने अवस्था सिर्जना भएको बताए । उनले भने–‘केन्द्रीय समितिबाट आन्दोलन गर्न थाल्न निर्देशन भइसकेको छ, हामी छिट्टै पत्रकार सुरक्षाको लागि आन्दोलनमा उत्रन्छौं ।’ उनले मिडिया मिसन नै बनाएर आन्दोलनमा अघि बढ्ने बताए । सुनसरीका पत्रकारले थाल्ने आन्दोलन समर्थनमा प्रदेश १ का १४ वटै जिल्ला शाखाले ऐक्यबद्धताको तयारी थालिसकेका छन् । अध्यक्ष लुइटेलले महासंघको निर्णय र पत्रकारको सुरक्षामा एकजुट हुनु पर्ने बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको