Like us!
Follow us!
Connect us!
Watch us!

रोहितको जिन्दगी खास बनाउने सुपुष्पा

मिलन खड्का

मंगलबार, २८ जेठ २०७६, १२ : ११ मा प्रकाशित

अर्थ संसार, काठमाडौं -गायक कर्णराज गिरी र गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जिन्दगी खास भयो’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतको शब्द रचना भने मुक्त उदासले गरेका हुन् । 

शान थापा निर्देशित भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर छन् । भिडियोमा उनीहरुको प्रेमभावलाई देखाइएको छ । रजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । 

रोहित थापाले नै निर्माण गरेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् भने  सम्पादनको जिम्मा सुप्रिम पराजुलीले लिएका हुन् ।
हेर्नुहोस् गीत 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको