Like us!
Follow us!
Connect us!
Watch us!

नोबेल पुरस्कार विजेतासहित साँढे तीन सय ख्यातिप्राप्त वैज्ञानिक नेपाल आउने

मिलन खड्का

मंगलबार, २८ जेठ २०७६, २० : १७ मा प्रकाशित

नोबेल पुरस्कार विजेतासहित साँढे तीन सय ख्यातिप्राप्त वैज्ञानिक नेपाल आउने

अर्थ संसार, काठमाडौं - वातावरण तथा दिगोपना सम्बन्धि वैश्विक सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ । २२–२४ नोभेम्बर २०२० मा आयोजना हुने कार्यक्रममा विश्वका ख्यातिप्राप्त वैज्ञानिकदेखि नोबेल पुरस्कार विजेताहरु सहभागी हुनेछन् । 

त्रिभुवन विश्वविद्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्राध्यापक रेजिना मास्के बेन्जूले त्रिभुवन विश्वविद्यालय, सुदुर पश्चिम विश्वविद्यालय, नेपाल खुल्ला विश्वविद्यालय, अमेरिकाको क्यालिफोर्निया स्टेट विश्वविद्यालय, फ्लोरिडा स्टेट विश्वविद्यालय, वायोमिङ्ग विश्वविद्यालयको सहकार्यमा सम्मेलन हुन लागेको जानकारी दिइन् । सम्मेलनमा साँढे तीन सय ख्यातिप्राप्त वैज्ञानिक सहभागी हुने बताइन् । 

‘‘वातावरण तथा दिगोपना’’ सम्बन्धि वैश्विक सम्मेलन वायु प्रदुषण तथा जलवायु परिवर्तन, फोहर मैला व्यवस्थापन, दिगो विकास तथा वातावरणीय नीति विषयमा केन्द्रित हुनेछ । कार्यक्रममा प्रस्तुत कार्यपत्र अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित हुनेछ । 

जलवायु परिवर्तनले प्राणीको जीवन नै संकटमा परेको विषय प्रकाशमा आइरहँदा वातावरण सम्बन्धि वैश्विक सम्मेलन नेपालमा हुनुलाई अर्थपूर्ण मानिएको छ । हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर देखिइरहँदा नेपाल वातावरणका अध्ययनकर्ताहरुका लागि अध्ययनको विषय बनेको छ । 

पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थ खनियाँले सँसारका दिग्गज वैज्ञानिकहरु सहभागी हुने सम्मेलन नेपालमा आयोजना हुनु गर्वको विषय भएको बताए । उनले जलवायु परिवर्तनले नेपालमा मात्र नभई सँसारमै नकारात्मक असर परिरहेकाले यसबारे थप अध्ययन अनुसन्धान र बहस जरुरी रहेको बताए । 

उनले उक्त सम्मेलन वातावरणसम्बन्धी अध्ययन अध्यापन गर्ने नेपालीहरुको लागि पनि कोशढुंगा सावित हुने बताए । खनियाँले भने,‘हाम्रा वैज्ञानिकहरु संसारभरिका ख्याँतिप्राप्त वैज्ञानिकहरुसँग जोडिन पाउनु गर्वको विषय हो । संसारभर विज्ञ वैज्ञानिकहरु यो सम्मेलनमा भाग लिन आउँदैहुनुहुन्छ । हाम्रा वैज्ञानिक र विद्यार्थीहरुको लागि पनि यो सम्मेलन सिक्ने मौका हो ।’

क्यालिफोर्निया स्टेट विश्वविद्यालयका सह–प्राध्यापक मोहन बहादुर डाँगीले वातावरणबारे अध्ययन–अनुसन्धान गर्न चाहनेका लागि नेपाल चासोको क्षेत्र भएको बताए । सगरमाथाको मुलुक भएकाले नेपाल शोधकर्ताहरुका लागि जलवायु परिवर्तनबारे अध्ययनको उपयुक्त क्षेत्र हुनुले पनि वैश्विक सम्मेलन काठमाडौंमा हुनलागेको बताए । 

सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको अवसरमा वैश्विक सम्मेलनमा साँढे तीन सय वैज्ञानिकहरु सहभागी हुँदा विश्वभर सकारात्मक सन्देश जाने बताए । जोन्स होपकिन्स विश्वविद्यालयका प्राध्यापक रोनाल्ड कोहेनले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक केदार रिजालले उक्त अन्तराष्ट्रिय सम्मेलनले आप्mना अनुसन्धानमा आधारित ज्ञानको आदान प्रदानमार्फत यस्ता वातावरणीय समस्याहरुको पहिचान गरि समाधानका उपायहरु सुझाउन समेत प्रेरित गर्ने विश्वास दिलाए । 

रिजालले भने,‘हामीले १७–१८ देश घुम्दा वातावरणसम्बन्धी काम गरेका र अध्ययन तथा अनुशन्धान गरिरहुनभएका विज्ञहरुले यो सम्मेलनमा सहभागी जनाउन र यसलाई सफल बनाउनको लागि चासो देखाउनुभएको छ ।’ स्थानीय सरकार र यसका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता र सहकार्यमा वातावरणको संरक्षण गर्नेतर्फ पनि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ । 
आयोजक संस्थाका अनुसार उक्त सम्मेलनमा वायु प्रदुषण तथा जलवायु परिवर्तन, फोहर मैला व्यवस्थापन र दिगो विकास तथा वातावरणीय नीति गरि तीन महत्वपूर्ण सत्र हुनेछन् । उक्त सम्मेलनमा ख्यातीप्राप्त व्यक्तित्वहरुवाट तिन पुर्ण सत्र मन्तव्य (Plenary speakers) रहनुकासाथै सात वटा सम्म विज्ञहरुवाट विशेष प्रस्तुति (Keynote Speech) रहने छ । यस सम्मेलनमा मौखिक तथा पोस्टर प्रस्तुतिकालागि सारांश पत्र (Abstract) वुझाउने अन्तिम म्याद सन् २०२० को मे १५ सम्म रहेको छ । त्यस्त्तै, सम्मेलनवारे विस्तृत जानकारी तथा अद्यावधिक सुचना https://globalconferencenepal.org/. वेवसाइटवाट प्राप्त गर्न सकिने पनि आयोजकले जनाएको छ । 

त्यस्तै, सम्मेलन शोधकर्ताहरुकालागि आप्mना अनुसन्धानका परिणामहरु सम्वन्धित विषयमा ख्यातीप्राप्त राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञसमक्ष पुर्याउन तथा ज्ञानको आदान प्रदानकोलागि एक उपयुक्त मञ्च हुनेपनि आयोजकको विश्वास छ ।

आयोजक संस्थाहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यस पृथ्वि जगत्को समग्र हितकालागि वातावरणीय गुणस्तर, सामाजिक न्याय तथा आर्थिक अवसरजस्ता विषयहरु महत्वपुर्ण हुन्छन्। संयुक्त राष्ट्र संघिय सहस्राव्दी विकास लक्ष्य २०१५ ले भोकमरी न्युनीकरण तथा विद्यालय वाहिर रहेका वालवालीकाहरुलाई विद्यालय पठाउने सम्वन्धमा केहि उपलव्धि हासिल गरेतापनि विकासशील राष्ट्रहरुमा वातावरणीय गुणस्तर तथा दिगोपना जस्ता विषयमा थप गिरावट आएको प्रतित हुन्छ ।’

वातावरणीय दिगोपना जस्ता मुद्धालाई सम्वोधन गर्न सन् २०३० सम्ममा प्राप्त गर्ने लक्ष्यकासाथ दिगो विकास लक्ष्य तर्जुमा गरिएको र सोही विकास लक्ष्य अनुसार आर्थिक विकास, वातावरणीय संरक्षण तथा सामाजिक न्याय जस्ता विषयहरु एकसाथ अघि वढ्ने पनि आयोजकले विश्वास गरेको छ ।

आजको जलवायु परिवर्तनका कारण यी हिमालयहरु समेत प्रभावित भएको । करौडौ मानिसहरुलाई संकटउन्मुख वनाएकोले सहभागिहरुलाई उक्त अन्तराष्ट्रिय सम्मेलनले आप्mना अनुसन्धानमा आधारित ज्ञानको आदान प्रदानमार्फत यस्ता वातावरणीय समस्याहरुको पहिचान गरि समाधानका उपायहरु सुझाउन समेत प्रेरित गर्ने आयोजकको दाबी छ ।  


कार्यक्रमको आयोजक समितिमा 

Co-chairs

▪ John J. Boland, Professor Emeritus, The Johns Hopkins University, Baltimore, MD, USA

▪ Rejina M. Byanju, Professor, Tribhuvan University, Kirtipur, Nepal

▪ Mohan B. Dangi, Associate Professor, California State University, Fresno, CA, USA

Members

▪ Tarek Abichou, Professor, Florida State University, Tallahassee, FL, USA

▪ Basant Giri, Scientist, Kathmandu Institute of Applied Sciences, Kathmandu, Nepal

▪ Kedar Rijal, Professor, Tribhuvan University, Kirtipur, Nepal

▪ Chhatra M. Sharma, Professor, Tribhuvan University, Kirtipur, Nepal

▪ Peter D. Stahl, Professor, University of Wyoming, Laramie, WY, USA

▪ Sudeep Thakuri, Associate Professor, Tribhuvan University, Kirtipur, Nepal

 

5cffbeac58fdf.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको