Like us!
Follow us!
Connect us!
Watch us!

धरहरा नजिकै खुल्यो रामिना बुटिक, ओपनिङ्गमा भारी डिस्काउन्ट!

मिलन खड्का

विहीबार, ३० जेठ २०७६, ०९ : ०२ मा प्रकाशित

धरहरा नजिकै खुल्यो रामिना बुटिक, ओपनिङ्गमा भारी डिस्काउन्ट!

अर्थ संसार, काठमाडौं–काठमाडौँको सुनधारामा (धरहरा नजिकै) रामिना क्लोथिङ्ग एण्ड एसीसरिजले कारोबार सुरु गरेको छ। डिजाइनर इथ्निक कपडाको लागि प्रख्यात मानिने भारतका मुम्बई, नयाँ दिल्ली र सुरत सहरहरूबाट अनुभवी डिजाइनरहरूले विशेष छनोट गरी ल्याइएका फ्याब्रिक र रेडीमेड कलेक्सनहरू यस बुटिकमा पाइने सञ्चालिका मिना पोख्रेल घिमिरेले जानकारी दिइन।

उनले बुटिकमा नेपाली बजारमा हत्तपत्त नभेटिने, लेहेंङ्गा, गाउन, साडी, कुर्ती, सुट, पार्टी क्ल्चेज,  झुम्का र अन्य एसिसरिजहरुको युनिक पिसहरू पाइने समेत बताईन्। भनिन् “यहाँ ग्राहकको शारीरिक बनावटलाई समेत विशेष ध्यानमा राखी सुहाउँदो कपडाहरू अनुभवी टेलरहरूबाट सिलाउने काम गरिन्छ भने त्यति मात्र नभई अन्योलमा परेका ग्राहकहरूलाई कस्तो कपडाले सुहाउँछ भनी विशेष सल्लाह पनि दिइन्छ।

उद्घाटनको अवसर पारि सुरुवातको दुई दिनसम्म बुटिकका हरेक समानहरूमा विशेष डिस्काउन्ट अफर पनि राखिएको छ। बुटिकका सबै ब्राईडल व्यरहरूमा २५ प्रतिशतसम्म छुट छन् भने पार्टी क्ल्चेज र एसिसरिजहरूमा १०%, कुर्ती, लेहेङ्गा, सुटहरूमा १५ प्रतिशत र साडीमा २० प्रतिशतसम्म छुट दिइएको छ।

यस बुटिकले सस्तो मूल्यमा उच्च गुणस्तरका समानहरू बिक्री गर्ने उद्देश्य लिएको छ भने काठमाडौँको मुटु सुनधारामै अवस्थित भएको हुँदा उपत्यका भरिका विभिन्न ठाउँका ग्राहकहरूले भेट्टाउन पनि सजिलो हुने अनुमान गरिएको छ।

थप जानकारीका लागि सम्पर्क

रामिना क्लोथिङ्ग एन्ड एसिसरिज, सुनधारा गहनाबाहाल, अरनिको कम्प्लेक्स, काठमाडौँ नेपाल

९७७-९८६७१८२२८७/ ९७७-९८४१५९३५३२

[email protected]

www.designsramina.com

www.facebook.com/raminadesigns/

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको