अर्थ संसार, काठमाडौं–  सिद्धार्थ बैंक र लक्ष्मी बैंकले ऋणपत्र जारी गर्नको लागि सेबोनमा निवेदन दिएका छन् । सिद्धार्थ बैंकले जेठ २० गते र लक्ष्मी बैंकले जेठ २१ गते निवेदन दिएका हुन् ।
सिद्धार्थ बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सम्मको लागि २५ लाख कित्ता ऋणपत्र जारी गर्न सेबोनमा निवेदन दिएको हो । जसमध्ये १५ लाख कित्ता सर्वसाधारणको लागि र १० लाख कित्ता व्यक्तिगत संघ संस्थाको लागि निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
लक्ष्मी बैंकले १० प्रतिशत ब्याजदरमा २०८६ सम्मको लागि २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । २० लाख कित्तामध्ये बैंकले ८ लाख कित्ता सर्वसाधारणको लागि र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत संघ संस्थालाई विक्री गर्नेछ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ ।
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस