Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य उच्च विन्दुमा, किन बढ्यो र भाउ कति पुग्यो ? हेर्नुहोस्

कमला भुसाल

शुक्रबार, ३१ जेठ २०७६, ११ : ०६ मा प्रकाशित

सुनको मूल्य उच्च विन्दुमा, किन बढ्यो र भाउ कति पुग्यो ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं- जेठ महिनाको अन्तिम साता अर्थात साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य उच्च विन्दुमा पुगेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहवार ६२ हाजर ४०० रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज आज ६०० रुपैयाँले बढेर ६३ हजार रुपैयाँमा कारोबार भएको छ। 

अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा परेको सम्बन्धीत व्यवसायीहरु बताउँछन् । नेपालमा उपलब्ध सबै सुन विदेशबाट नै आयात हुने हुँदा अन्तरराष्ट्रिय बजार अनुसार यहाँ मूल्य निर्धारण गरिन्छ ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि ६२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ।  बिहवार तेजाबी सुनको मूल्य ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। बिहिवारको तुलनामा तेजाबी सुनको मूल्य पनि ६०० रुपैयाँले नै बढेको हो।  

महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५४ हजार १५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५३ हजार ७६० रुपैयाँ कायम गरेको छ। 

त्यसैगरी आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर ७२० रुपैयाँमा कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६१७ रुपैयाँ ५० पैसा कायम गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको