Like us!
Follow us!
Connect us!
Watch us!

‘तिमी बिना पतझड बनेको छ जीवन...’ भन्दै आए डा. डी आर (भिडियोसहित)

मिलन खड्का

शनिबार, ३२ जेठ २०७६, ०८ : ४७ मा प्रकाशित

 

अर्थ संसार, काठमाडौं– डा. डी आर उपाध्यायको नयाँ गीत ‘तिमी बिना पतझड बनेको छ जीवन…’ सार्वजनिक भएको छ । लोकप्रिय गायक प्रमोद खरेलको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, देवेन्द्र नेवाको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ/रेकडिङ रहेको मधुर गीत ‘तिमी बिना भन्दै पतझड बनेको छ जीवन…’को भिडियो सार्वजनिक भएको हो ।  

अजय वाइवाको निर्देशन रहेको गीतको भिडयोमा आयुषमा, लक्ष्मी, सुजन, विशेष र निश्चललाई फिचरिङ गरिएको छ । प्रकाश बुढाथोकीको छायाँकन, अजय वाइवाको ड्रोन रहेको गीतको भिडियोलाई सिताराम भट्टराईले सम्पादन गरेका हुन् ।

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको