Like us!
Follow us!
Connect us!
Watch us!

उन्नाइस डिआइजीको सरुवा

मिलन खड्का

आइतबार, ०१ असार २०७६, ०८ : ३१ मा प्रकाशित

उन्नाइस डिआइजीको सरुवा

अर्थ संसार, काठमाडौं– सरकारले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ । गृहमन्त्रालयको शुक्रबार बसेको मन्त्रिस्तरीय निर्णय गर्दै १९ जना डिआइजीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयका मानवस्रोत तथा प्रशासन विभागका प्रहरी उपरीक्षक चन्द्रकुमार खापुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो नक्सालमा रहेका कमलबहादुर जिटीलाई अख्यितार अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टङ्गालमा, केदार रिजाललाई १ नं प्रदेश प्रहरी विराटनगरबाट प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा, ठाकुरप्रसाद ज्ञावलीलाई अख्तियारबाट नं १ प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको छ । 

तारणीप्रसाद लम्साललाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, दानसिंह बोहरालाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा, दीपककुमार थापालाई ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालमा,  पीताम्बर अधिकारीलाई ५ नं प्रदेश प्रहरी कार्यालय दाङबाट प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालय नक्सालमा, पूर्णचन्द्र जोशीलाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालबाट कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ । 

प्रद्युम्नकुमार कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरमा, विनोद शर्मा घिमिरेलाई प्रहरी महानिरीक्षकको सचिवालय नक्सालबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, विश्वराज पोखरेललाई अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालबाट प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा र महेन्द्रकुमार पोखरेललाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवनबाट प्रहरी प्रधान कार्यालय वृत्तिविकास निर्देशनालय नक्सालमा सरुवा गरिएको छ ।

महेशविक्रम शाहलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा, शेरबहादुर बस्नेतलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरबाट ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडा, सुरज केसीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्साल र सुरेशविक्रम शाहलाई वृत्तिविकास निर्देशनालय नक्सालबाट ५ नं प्रदेश प्र्रहरी कार्यालय दाङमा सरुवा गरिएको छ ।

सूर्यप्रसाद उपाध्यायलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर, हरिबहादुर पाललाई २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी प्रधान कार्यालय विशेष ब्युरो नक्सालमा र हरिभक्त प्रजापतिलाई प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालय नक्सालबाट जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवनमा सरुवा गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको