Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार ३० करोडमा सिमित

कमला भुसाल

बुधबार, ०४ असार २०७६, १५ : १३ मा प्रकाशित

शेयर बजार ३० करोडमा सिमित

अर्थ संसार, काठमाडौं–  पुँजी बजार (आज) बुधबार ०.२ अंकले घटेको छ । कुल कारोबार भएका १६९ कम्पनीहरुको नौं लाख ८० हजार ९१९ कित्ता शेयर खरिदविक्री हुँदा ३० करोड ४१ लाख ८९ हजार ६४५  रुपैयाँको कारोबार भएको छ।

 नेप्से परिसूचक मिश्रित रंङ्गले भरिदा १२५८.४७ विन्दुमा पुगेको छ ।त्यस्तै क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२३ अंकले बढेर हरियो देखिएको छ।  

सामान्य अंकले घटेको बजारमा आज बैंकिंग १.०६ अंक, होटल ३.४७, जलविद्युत १.७३, निर्जीवन बीमा कम्पनी ३०.२८, माइक्रोफाइनान्स १.६५, र म्युचल फण्ड ०.०३ अंकले घटेको छ।  यता विकास बैंक ५।४२ अंकले बढेको छ भने फाइनान्स २.८, उत्पादन  ७.९१, अन्य २.४२ र जीवन बीमा कम्पनी १४.२४ अंकले बढेको छ।

आज मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेडका लागानिकर्ताले ९.६९ प्रतिशतले आफ्नो लगानी बढाएका छन् भने उन्नती माइक्रोफाइनान्सका लगानीकर्ताले ६.५१ प्रतिशतले आफ्नो लगानी बढाएका छन्।  यता घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले ३.५७ प्रतिशतले आफ्नो लगानी गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको