अर्थ संसार, काठमाडौं- हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आइपीओ भर्ने म्याद अब मात्र ८ दिन बाँकी रहेको छ। कम्पनीले गत जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको थियो जसमा तोकिएको समयमा मागेजति आवेदन नपरेपछि कम्पनीले पुनः म्याद थप गरेको हो। उक्त म्याद थपिएसँगै लगानीकर्ताले उक्त आइपीओमा अब आउँदो असार १३ गतेसम्म आवेदन दिन पाउने हुन्। यसअघि छिटोमा जेठ २८ गते मंगलबारसम्म आइपीओ भर्न पाउने व्यवस्था गरिएको थियो ।
यसले १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यो आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । जसमा आयोजना अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले लक्ष्मी बैंक, (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम), माछापुच्छ्रे बैंक (इलामं), एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिन्छ । सी–आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन मिल्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस