Like us!
Follow us!
Connect us!
Watch us!

३५००१ मा एसएमएस गरेर एसईईको नतिजा हेर्न सकिने

मिलन खड्का

विहीबार, १२ असार २०७६, १२ : ५९ मा प्रकाशित

३५००१ मा एसएमएस गरेर एसईईको नतिजा हेर्न सकिने

अर्थ संसार, काठमाडौँ-परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहिबार सार्वजनिक गर्ने तयारी गरेको छ । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि  ३५००१ मा एसएमएस गरेर एसईईको उक्त नतिजा हेर्न सकिनेछ ।

एसईईको नतिजा सार्वजनिक भए लगत्तै स्प्यारो एसएमएसको नम्बर ३५००१ मा एसएमएस गरेर सजिलै आफ्नो परीक्षाफल थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईई (SEE) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनुपर्नेछ।

देशको अग्रणी एसएमएस संस्था स्प्यारोले विगत ९ वर्ष देखि एसएमएस सेवा मार्फत विद्यार्थीहरूलाई आफ्नो परीक्षा नतिजा प्राप्त गर्न मदत गर्दै आइरहेको छ । अझै पनि इमेल र इन्टरनेटको पहुँच सहज नभएको हाम्रो मुलुकमा एसएमएस सेवा विभिन्न परीक्षाका नतिजाहरु प्राप्त गर्ने र सन्देश प्रवाह गर्ने एउटा लोकप्रिय माध्यम हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको