Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक वर्षको अन्तमा लगानीको अवसर: आँधीखोला लघुवित्त वित्तीय संस्थाको आईपीओ असार २२ बाट

मिलन खड्का

शुक्रबार, १३ असार २०७६, १० : २७ मा प्रकाशित

आर्थिक वर्षको अन्तमा लगानीको अवसर: आँधीखोला लघुवित्त वित्तीय संस्थाको आईपीओ असार २२ बाट

अर्थ संसार, काठमाडौँ–आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि असार २२ गतेदेखि खुल्ला गर्ने भएको छ ।  

गत साता मात्र नेपाल धितोपत्र बोर्डले आईपीओ निस्कासन गर्ने अनुमति दिएसँगै आँधीखोला लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित ४ करोड मूल्यको आईपीओका लागि आवेदन खुल्ला गर्न  लागेको हो । 

 
स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्री कार्यालय रहेको आँधी खोलाले कम्पनीका कर्मचारीहरुका लागि ५ हजार कित्ता तथा सामूहिक लगानी कोषका लागि २० हजार कित्ता सेयर छुट्याएको छ भने बाँकी ३ लाख ७५ हजार सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो 

 लगानीकर्ताले कम्तीमा १० र अधिकतम २ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्ने छन् । कम्पनीले आईपीओका लागि आवेदन दिने अन्तिम मिति छिटोमा असार २५ गते र ढिलामा साउन २० गतेसम्मका लागि तोकिएको छ । 

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । 

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले कमजोर आधार जनाउने ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ । यो वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा जिल्लामा बिस्तार गरिसकेको छ।

बजारमा लघुवित्तको आईपीओमा लगानिकर्ताको आकर्षण देखिने भएकोले माग भन्दा धेरै आवेदन पर्ने हाम्रो आकलन छ ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको