Like us!
Follow us!
Connect us!
Watch us!

जलवायु परिवर्तनको असर:फ्रान्समा पहिलो पटक ४५ डिग्री

मिलन खड्का

शनिबार, १४ असार २०७६, ०९ : १९ मा प्रकाशित

जलवायु परिवर्तनको असर:फ्रान्समा पहिलो पटक ४५ डिग्री

REUTERS/Jean-Paul Pelissier

अर्थ संसार, पेरिस- फ्रान्समा पहिलो पटक ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) तापक्रम मापन गरिएको यहाँको मौसम विज्ञानसम्बन्धी कार्यालय मेटेओ–फ्रान्सले शुक्रबार जनाएको छ ।

जलवायु परिवर्तनसँगै विश्वभर देखिएको तापक्रम वृद्धिको समस्या देखिनेक्रम जारी रहिरहँदा फ्रान्समा पनि यसको प्रभाव देखिएको मौसम विज्ञान विज्ञहरूले बताएका छन् । 

उनीहरूले लामो समयसम्म बर्षा नहुनु र जलवायु परिवर्तनका कारण मौसममा देखिएको असन्तुलनका कारण तापक्रमवृद्धि भएको हो ।

मेटेओ–फ्रान्सका अनुसार चिसोको प्रयायका रूपमा विश्वले चिन्ने यूरोपेली मुलुक फ्रान्सको दक्षिणी गार्ड क्षेत्रको भिल्लेभिएल्ले गाउँमा शुक्रबार अहिलेसम्मकै उच्च तापक्रम मापन भएको हो ।

भिल्लेभिएल्ले क्षेत्रमा शुक्रबारको तापक्रम ४५.१ डिग्री सेल्सियस कायम भएको मेटेओ फ्रान्सले बताएको छ । यस पहिले सन् २००३ मा अत्यधिक तापक्रम वृद्धि भै ४४.१ डिग्री सेल्सियस मापन भएको थियो ।रासस/एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको