Like us!
Follow us!
Connect us!
Watch us!

मेरो सुरक्षाको मोबाइल बीमा सेवा बुटवल, पोखरा र पाल्पामा बिस्तार

मिलन खड्का

सोमबार, १६ असार २०७६, १३ : २६ मा प्रकाशित

मेरो सुरक्षाको मोबाइल बीमा सेवा बुटवल, पोखरा र पाल्पामा बिस्तार

अर्थ संसार, काठमाडौं–मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर विस्तार हुने क्रममापश्चिम नेपालकातीनशहरमापुगेको छ । बुटवल, पोखरा र पाल्पामा मेरो सुरक्षाले शाखाबिस्तार गरी सेवासुरु गरेकोे हो । 

संचालनमाआएको छोटो समयमै मोबाइलप्रयोगकर्ताबीचलोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमामोबाइलको बीमा सेवाउपलब्ध गराउँदै आएको छ । 

मोबाइलप्रोटेक्सनप्लानले मोबाइलकालाखौं प्रयोगकर्ता, मोबाइलव्यवसायीतथा राष्ट्रलाई योगदानपुर्याउने विश्वास मेरो सुरक्षाले लिएको छ । मेरो सुरक्षाकाप्रमुखकार्यकारी अधिकृत प्रेम सुनवारले राजधानीतथाबीरगञ्ज र चितवनमापाएको सफलतासँगै मोबाइलप्रयोगकर्ताको आवश्यक्तालाई ध्यानमा राखेर सेवाबिस्तार गरिएको बताए । 

यस अघि नै चितवन र बीरगञ्जबाट सेवा सुरु गरिसकेको मेरो सुरक्षाले निकट भविष्यमा धरान, इटहरी र बिराटनगरबाट पनि सेवा सुरु गर्ने सुनवारले जानकारी दिए । 

सेवा सुरु गरेको छोटो समयमा नै ५० हजार बढी मोबाइलप्रयोगकर्ता मेरो सुरक्षाको मोबाइलप्रोटेक्शनप्लानमा आवद्ध भईसकेका छन् ।दैनिकदुई सयभन्दा बढी मोबाइलप्रयोगकर्ता प्रोटेक्सनप्लानमासहभागिहुने गरेको मेरो सुरक्षाले जनाएको छ । साथै मेरो सुरक्षाले प्रोटेक्सनप्लानमा आबद्ध हुने प्रयोगकर्तालाई  एक लाख रुपैयाँ बराबरको बीमा सेवापनिनिशुल्कउपलब्ध गराउँदै आएको छ ।

जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमावाचोरी भएमायोजनामा आबद्ध मोबाइलकाप्रयोगकर्ताले प्रोटेक्शनप्लानअन्तरर्गत नयाँमोबाइलपाउने छन् । साथै हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँमोबाइल सेट उपलब्ध गराइनेछ ।

कुनै कारणले मोबाइलचर्किएमा, आगो वापानीले भौत्तिक रुपमा नोक्सानपुगेमा, मेरो सुरक्षाको योजनाअनुसार प्रयोगकर्ताले सबै डाटा सहितमर्मत सम्भार सेवा सहितनयाँमोबाइल सेट पाउने छन् ।

मोबाइल हराएमावाबिग्रिएको दाबी गरेको ७ दिनभित्र मेरो सुरक्षाले नयाँमोबाइलउपलब्ध गराउने छ । यो सेवामोबाइल पसलहरुबाट पनिलिन सकिने मेरो सुरक्षाले जनाएको छ ।

यो सेवापाउनकालागि सेवाग्राहीले आफ्नो मोबाइलभ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तानगर्नु पर्ने हुन्छ । प्रयोगकर्ताले गुगलप्लेस्टोर तथाएप्पलको एप स्टोरबाट मेरो सुरक्षाको मोबाइलएप डाउनलोड गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ ।

मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर महानायक राजेश हमाल छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको