Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकद्वारा थहिटिमा सुविधा सम्पन्न भवनबाट बैंकिंग सेवा संचालन

मिलन खड्का

सोमबार, १६ असार २०७६, १५ : ४० मा प्रकाशित

सिटिजन्स बैंकद्वारा थहिटिमा सुविधा सम्पन्न भवनबाट बैंकिंग सेवा संचालन

अर्थ संसार, काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मिति २०७६ साल असार१५ गते देखि थहिटि शाखा कार्यालय हाल रहेको भवन (काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १७)को सामून्ने उत्तर तर्फ करिब ५० मिटरको दुरिमा सोहि वडामा रहेको शिवजी भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार संचालन गरेको छ ।

सुविधा सम्पन्न भवनबाट थपछिटो, छरितो, चुस्त र दुरुस्त रूपमाग्राहकहरुलाई बैंकिंग सेवाप्रदानगर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।यो शाखामार्फत ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदानगर्नुका साथै सानातथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु-याँउने लक्ष्य बैंकले राखेको छ ।सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना,लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो र छरितो रूपमा ग्राहकहरु लाई प्रदान गर्ने प्रति बद्धता बैंकले व्यक्त गरेको छ । 

“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा  पु-याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्ग लाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिमव्यवस्थापनएवमगुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने उद्देश्यल्ले बैंकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

5d19da1f389f2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको