अर्थ संसार
काठमाडौं–सरकारले विभिन्न मूलुकका १६ वटा शहरहरुमा नेपाली हस्तकलाका सामग्री प्रदर्शनी तथा विक्री कक्ष खोल्ने भएको छ ।काठमाडौं महानगरको भगिनी सम्बन्ध स्थाना भएको अमेरिका, जापान, चीन, भारत, याङ्गुन, म्यान्मार, कोरियालगायतका मुलुका ती सहरमा नेपाली सामानको विक्री कक्ष खोलिने छ ।
उद्योग मन्त्रालयले काठमाडौं महानगरसँग यस सम्बन्धी सम्झौता गरेको छ ।उद्योग मन्त्री नवीन्द्रराज जोशी र राज्यमन्त्री कञ्चनचन्द्र वादेको उपस्थितीमा उद्योग मन्त्रालयका सहसचिव दिनेश घिमिरेले र काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ्गले सम्झौतामा हस्ताक्षर गरे ।
सहमतीअनुसार काठमाडौं महानगरपालिकाको भगिनी सम्वन्ध स्थापना भएका शहरहरुमा महानगरपालिकाले नेपाली वस्तुहरुको विक्री प्रवद्र्धन गर्ने गरी प्रदर्शनी तथा विक्री प्रवद्र्धन कक्ष संचालनमा ल्याउने छ । यसबाट नेपाली वस्तुहरुका लागि ग्राहक बढ्नुका साथै नेपाली उद्योगहरुको विकास र विस्तारमा टेवा पुग्ने उद्योग मन्त्रालयको दावी छ ।
काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख तामाङ्गले काठमाडौं महानगरको विश्वका १६ वटा शहरहरुसँग भगिनी सम्वन्ध कायम रहेको बताए । उनले निकट भविश्यमै थप २० वटा शहरहरुसँग भगिनी सम्वन्ध कायम हुने क्रममा रहेको जानकारी दिए । उनले उद्योग मन्त्रालयले पहिलो पटक गरेको यस प्रकारको कार्यले नेपालको उद्यमशीलता विकासमा सघाउ पुग्ने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस