Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई गाभने

अर्थ संसार

आइतबार, २२ असार २०७६, १७ : ३४ मा प्रकाशित

सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई गाभने

अर्थ संसार, काठमाडौं– बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजतप्राप्त सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ ।

आइतबार बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बीचयस बैंकको तर्फबाट संचालक तथा मर्जर तथ ाप्राप्ति समितिका संयोजक पवित्रकुमार कार्की र सहयोगी विकाश बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गर्नु भएको छ ।


२०७६असार २१ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ७५ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ भने सर्वसाधारणमा दिएको ऋण लगानी ६८ अर्ब ४७ करोड रुपैयाँपुग्ने छ ।

हालको सिटिजन्स बैंकको चुक्तापूँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भन ेसहयोगीविकाश बैंकको चुक्तापूँजी ५० करोड ९६ लाखरुपैयाँरहेको छ ।प्रारम्भिक सहमति अनुसार, सहयोगीविकाश बैंकले एक कित्ता बराबर ९० रुपैयाँपाउनेछ तथा पिवास्तविक शेयरस्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (म्गभ म्ष्ष्निभलअभ ब्गमष्त) द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ ।

धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकाश बैंकले १४ वटा शाखाहरू बाट बैंकिंग सेवाहरू प्रदान गर्दै आएको छ । यीतीनजिल्लामाहालसिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू संचालनमाआउने छन् जसबाट यसक्षेत्रकाग्राहकहरू लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।

“योर पार्टनरफर प्रोग्रेस” भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा  पु¥याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति पश्चात देशैभरी फैलिएका आफ्ना ९५ वटा शाखा, ८० वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान।

गर्नेछ ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउने छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको