अर्थ संसार, काठमाडौं- आइपीओमा लगानी गर्न इच्छुक लगानीकर्तालाई (आज) बुधबार असार २५ गतेदेखि  हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारण शेयर (आइपिओ) खुलेको छ । 
कम्पनीले ७६ लाख ७२ हजार २१० कित्ता आइपिओ निश्कासन गर्न लागेको हो । यसमध्ये १ लाख ५३ हजार ४४४  कित्ता शेयर कर्मचारीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता आइपिओ सर्वसाधारणलाई जारी गर्नेछ ।
आईपिओ निश्कासन बन्द मिति छिटोमा असार २९ र ढिलोमा साउन २४ गतेसम्म छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्छन् । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ ।
धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ ।
प्रोजेक्टको विशेषताहरु :
	- 
	
 प्रति मेगावाट १७.१० करोड लागत
	 
	- 
	
कम भुक्तानी अवधि
	 
	- 
	
 परियोजना पहिले नै सञ्चालनमा
	 
	- 
	
 इलाम जिल्लाको दोस्रो ठूलो परियोजना
	 
	- 
	
कम्पनीले निर्माण गरिरहेको अर्काे ९७ मेगावाट क्षमताको इस्वा खोला आयोजनामा हिमाल दोलखा हाइड्रोपावरको १९ प्रतिशत अर्थात ५७ करोड लगानी रहेको छ । इस्वा खोला आयोजनाको लागत प्रतिमेगावाट १० करोड रहेको छ । इस्वा खोला आयोजन सम्पन्न भई संचालनमा आएपछि कम्पनीले प्रतिवर्ष २० करोड अम्दानी हुने अनुमान गरिएको छ ।  जसबाट प्रत्यक्ष फाइदा हिमाल दोलखा हाइड्रोपावरले निश्कासन गरेको आइपीओमा  लगानी गर्ने लगानीकर्तालाई पुग्नेछ ।
	 
कम लागतमा निर्माण यसको यस हाइड्रोपावर कम्पनीको आईपीओमा लगानी गर्ने लगानीकर्तालाई निकट भविष्यमै राम्रो मुनाफा दिने देखिन्छ । 
कहाँबाट आवेदन दिने ?
 यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।
कति दिने आवेदन ?
७६ लाख ७२ हजार २१० कित्ताको आइपिओ भएकोले , आफ्नो इच्छा अनुसार आवेदन दिए हुनेछ ।  मागे अनुसारको लगानी पर्ने सम्भावना धेरै छ । 
                                                                                        
                                                                                        
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस