अर्थ संसार, काठमाडौं – हिमालयन बैंकले ३० लाख कित्ता ऋणपत्र साउन २ गतेदेखि खुला गर्ने भएको छ । बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत संघ संस्थालाई विक्री गर्न लागेको हो ।
सर्वसाधारणको लागि छुट्याएको १२ लाख कित्तामध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ११ लाख ४० हजार ऋणपत्र सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा साउन ६ र ढिलोमा साउन ३१ गतेसम्म रहेको छ ।
बैंकले १० प्रतिशत ब्याजदरमा २०८३ सम्मका लागि ऋणपत्र जारी गर्न लागेको हो । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ भने आवेदकले नेपाल धितोपत्र बार्डबाट स्वीकृति पाएका सि आस्बामा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस