Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली ब्यान्ड सत्याकृत सँग पहिलो पटक कैलाश खेरले गाए यस्तो गीत ( भिडियो )

मिलन खड्का

शुक्रबार, ०३ साउन २०७६, ०९ : ०४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– भारतीय चर्चित गायक कैलाश खेरले नेपालको सत्याकृत ब्याण्डसँग ‘भक्तिका चन्दन’ बोलको हिन्दी गीत गाएका छन् ।

सुर साधुको शब्द तथा संगीतमा तयार गरिएको गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् । हालै उदित नारायण झासंग ‘होशमा बेहोसी’ सार्बजनिक गरेको सत्याकृतले गुरु पूर्णिमाको अवसर पारेर यो गीत सार्वजनिक गरेको छ ।

गीतको रेकर्डिङ मुम्बईको प्रशिद्ध रेकर्डिङ स्टुडियो कैलाशा स्टुडियोमा गरिएको थियो भने यसको मिक्सिङ मास्टरिङ बलिउडका प्रख्यात साउण्ड ईन्जिनियर आमिर शेखले गरेका हुन् । सत्याकृत व्यण्ड नेपालमा आफ्नै छुट्टै विशेषता बोकेको सङ्गितलाई लिएर प्रख्यात छ । यो ब्याण्डले सत्य प्रेम एवम् शान्तिको भाव बोकेको गीत सङ्गित सृजना गर्दै आईरहेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको