Like us!
Follow us!
Connect us!
Watch us!

‘सोच’ को टिजर रिलिज,फिल्म चाहिँ २० भदौमा

मिलन खड्का

आइतबार, ०५ साउन २०७६, १० : २५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं -एक्शन लभ स्टोरी फिल्म सोचको टिजर सार्वजनीक गरिएको छ । पूजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेको फिल्मको टिजरमा प्रज्वल गिरी, नीता ढुंगाना,पूजन सिंहका साथै किरण थापालाई प्रस्तुत गरिएको छ । 

भदौ २० गते प्रदर्शन हुने फिल्ममा प्रज्वल,नीता र निर्देशक पूजन स्वयम् मुख्य भूमिकामा छन् । गंगा  रजक र एसडी निर्माता रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध र रामजी लामीछाने र पूजन सिंहको कोरियोग्राफी छ । बिदुर पाण्डेले खिचेको फिल्मको कथा निर्देशक पुजनकै हो भने पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन् । फिल्मले भरपुर मनोरन्जका साथै सन्देश पनि दिने निर्देशक पुजन बताउछन् । फिल्मलाई देशभर आरआर फिल्मस्ले बितरण गर्दैछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको