Like us!
Follow us!
Connect us!
Watch us!

नँया पुस्तक बजारमा

मिलन खड्का

आइतबार, ०५ साउन २०७६, १४ : १२ मा प्रकाशित

नँया पुस्तक बजारमा

अर्थ संसार, काठमाडौं–  चर्म तथा यौनरोग सम्बन्धि विषयमा लामो अनुभव सँगाल्नु भएका डा.बिमला ओझा, वरिष्ठ तथा आफ्नो पेशामा सम्मानित विशेषज्ञ हनुहुन्छ । तिन दशकसम्म उक्त क्षेत्रमा, चर्म तथा यौन रोग विशेक्षज्ञको रुपमा नेपाल सरकारको सेवामा, मेडिकल अफिसर देखि स्वास्थ सेवा बिभागको निर्देशक सम्मको जिम्मेवारी कर्तव्यनिष्ट भई निभाउनु भएको छ । उक्त दौरानमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरुमा दह«ो रुपमा रष्ट्रिय मुदाहरु राखी आफ्नो उपस्थिति देखाउनु भएको छ ।


नेपालको पहिलो महिला चर्म तथा यौन रोग बिशेषज्ञ डा. बिमला ओझाले आफ्नो नयाँ पुस्तक  "Ageing with Virtues"  मा ढल्कंदै गएको उमेरलाई कसरी विभिन्न सद्गुणहरुको मदत र तिनीहरुको अभ्यासले जिन्दगी सन्तुलनमा राखी, सुखी र शान्त बनाउन सकिन्छ भन्ने कुरालाई, आफ्नै जिन्दगी सँग दाजी ब्याख्या गर्नु भएको छ । बयस्क उमेरका साथै कम उमेरकाहरुको लागि पनि कसरी जिन्दगी सन्तुलनमा राखी सुखी हुन सकिन्छ भन्नेकुरा जान्नको लागि "Ageing with Virtues" पढ्नै पर्ने पुस्तकको रुपमा देखिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको