अर्थ संसार, काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले प्रदान गर्ने उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्ड २०१८ बाट सम्मानित भएको छ ।
माननीय अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आइक्यानद्वारा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गर्नुभयो । अन्य वाणिज्य बैंकहरुका वार्षिक वित्तीय प्रतिवेदनहरुलाई उछिन्दै एन आई सी एशिया बैंकले सो अवार्ड जित्न सफल भएको हो ।
आइक्यानले सन् २००३ देखि हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ठ वार्षिक प्रतिवेदन तयार गर्ने संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई आफ्नो वार्षिक वित्तीय प्रतिवेदन सरोकारवाला व्यक्ति तथा निकायहरुलाई समयमै उपलब्ध गराउने र सर्वोत्कृष्ठ वित्तीय पारदर्शिताको अभ्यास गर्ने संस्थाको रुपमा लिइन्छ ।
बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्स् (एनएफआरएस) को मापदण्डबमोजिम आफ्ना सरोकारवाला व्यक्ति तथा निकायहरुको आवश्यकता अनुसार पर्याप्त वित्तीय जानकारी उपलब्ध गराएको छ । यस अवार्डले बैंकलाई थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र बैंकले आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्ठ प्रदर्शन तथा वित्तीय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९२ शाखा कार्यालयहरु, ३१० एटिएम, ५१ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
१७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
 
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस