अर्थ संसार, काठमाडौं- आज बाँडफाँट गर्ने भनिएको सबैको लघुवित्तको आईपीओ हुन सकेन । प्राविधिक कारणले असम्भव भएको भन्दै भोलि अर्थात शुक्रबार मात्र बाँडफाँट हुने भएको छ ।
सबैको लघुवित्तको आइपीओ बाँडफाँट बिहीबार, पर्ने सम्भावना कति ? 
कम्पनीको सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आस्बा सदस्यहरुले समयमै विवरण उपलब्ध नगराउदा बिहीवारको लागि तय गरिएको बाँडफाँट हुन नसकेको जानकारी दिएको छ ।
क्यापिटलका अनुसार अझै एक कम्पनीमा परेको आवेदन विवरण प्राप्त हुन बाँकी छ । त्यस कम्पनीबाट बिहीवार नै विवरण प्राप्त गर्नका लागि सम्बन्धित निकायसँग पहल गरिरहेको र बिहीवार नै दिउसो ३ बजे प्रि अलोटमेण्ट गरी शुक्रवार बाँडफाँटको तयारी रहेको क्यापिटलले प्रष्ट पारेको छ ।
नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका कम्पनीहरुले समयमै सदस्यता नविकरण नगर्दा बोर्डले ती कम्पनीबाट आवेदन गर्न पाउने व्यवस्था साउन १ गतेदेखि रोक्का गरेको थियो । यसको प्रत्यक्ष असर सबैको लघुवित्तको आईपीओ बाँडफाँटमा परेको छ । यस लघुवित्तले साउन १ देखि ५ गतेसम्म आईपीओ जारी गरेको थियो ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस