अर्थ संसार, काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाले साउन १ गतेदेखि ५ गतेसम्म बिक्री गरेको साधारण शेयर आइपीओ बिहीबार  बाँडफाँट हुने भएको छ ।
बिहान १० बजे बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको  कार्यलयमा आइपीओ बाँडफाँट गर्ने भएको हो । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको अनुसार आइपीओमा ३ लाख ५ हजार ७७६ जना लगानीकर्ताले कुल ५७ लाख २५ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् ।
 
लद्युवित्तले ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।  यसमध्ये ०.५ प्रतिशत कम्पनीका कर्मचारी र ५  प्रतिशत शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
सम्भावना कति ?
यस लद्युवित्तले बिक्री गरेको आइपिओमा माग भन्दा धेरै गुण बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथाबाट हुने बिक्री प्रबन्धकले जनाएको छ । जसले गर्दा आवेदकलाई पर्ने सम्भावना न्यून देखिन्छ ।
नोट : आइपिओको रिजल्ट हामी www.arthasansar.com मा राख्नेछौँ ।  त्यसको लागि तपाईले यहाँ  अर्थात IPo Result  क्लिक गर्न पर्नेछ ।
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस