अर्थ संसार
काठमाडौं– कोका–कोलाले उपभोक्ताहरुका लागि मोमोत्सव योजना ल्याएको छ । कोका–कोलाले नेपालका प्रमुख चेन रेष्टुरेन्टहरु तथा भोजनालयहरुसँगको सहकार्यमा सुरु गरेको अभियानमा नायिका प्रियंका कार्की र नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरु विभिन्न आउटलेटहरु भ्रमण गर्नेछन् ।
विभिन्न आउटलेटहरुमा कोका–कोलासँगै मोःमो खाइरहेका व्यक्तिहरुलाई सेलेब्रेटीहरुले भेटेर रमाइला पुरस्कारहरु दिने छन् ।
मोःमोत्सव अभियानमा मोःमो खाने विशेष प्रतिस्पर्धा पनि राखिएको छ । मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्ट तथा भोजनालयहरुमा आयोजना हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस