Like us!
Follow us!
Connect us!
Watch us!

योगेश भट्टराईले लिए रवीन्द्र अधिकारीको अधुरा काम पुरा गर्ने जिम्मा

बुधबार, १५ साउन २०७६, १८ : १९ मा प्रकाशित

योगेश भट्टराईले लिए रवीन्द्र अधिकारीको अधुरा काम पुरा गर्ने जिम्मा

अर्थ संसार, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन्।

बुधबार दिउँसो चार बजेपछि शितल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीको सपथ लिए। सपथपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरे।

राष्ट्रपति कार्यालय सितलनिवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित अन्य विशिष्टहरुको सहभागी रहेको थियो ।

मन्त्री भट्टराईले शपथ लगत्तै सिंहदरबार पुगेर कार्यभार समालेका छन् ।  मन्त्री भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनका सचिवसहित कर्मचारीले स्वागत गरेका थिए ।

रवीन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रिक्त थियो । मन्त्री अधिकारीको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । अधिकारीको निधन भएको ५ महिनापछि भट्टराई मन्त्रीम पदमा नियुक्त भएका हुन् । 

नेता भट्टराई ताप्लेजुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । विद्यार्थीबाट राजनीति शुरु गर्नुभएका भट्टराईले अनेरास्ववियुको अध्यक्षको जिम्मेवारी समेत बहन गरिसकेका छन् ।  एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघि उहाँ केन्द्रीय सचिव तथा पार्टी प्रवक्ता थिए । 

युवा नेता भट्टराई बुबा भीमलाल भट्टराई र आमा महेन्द्रादेवीको कोखबाट २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा जन्मेका हुन् ।

उनले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गरेका छन् ।  नेता भट्टराईले ताप्लेजुङबाटै शिक्षा प्रारम्भ गरे थिए ।  उनले स्कूल पढ्ने बेला झापा विद्रोह भइरहेको थियो । उनमा पनि त्यसको प्रभाव पर्यो र सानैदेखि कम्युनिष्टप्रति आकर्षित भएका थिए । उनको परिवारिक पृष्ठभूमि पनि वामपन्थी नै थियो ।

उनले २०३७ सालमा अनेरास्ववियुको राजनीति थालेका थिउ । विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर भट्टराईले काम गरेका थिए । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उनले पटक पटक भाग लिएका थिए ।

उनी  २०५१ सालमा अनेरास्ववियूको अध्यक्ष बने । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्य हुनुभयो। एमालेको ९ औं महाधिवेशनमा उनी सचिव बने । सचिव भएपछि प्रचार विभाग प्रमुख समेत भएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको