Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्ने

अर्थ संसार

शनिबार, १८ साउन २०७६, १८ : ४४ मा प्रकाशित

मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्ने

अर्थ संसार, काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध नेपालको सपना पूरा गर्नका लागि मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली वामपन्थी आन्दोलनका कर्मठ योद्धा एवं कुशल सङ्गठक जीवराज आश्रितको ७५औँ जन्मजयन्तीको सन्दर्भमा जीवराज आश्रित फाउण्डेशनद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अबको विकास आर्थिक विकास भएको भन्दै तीनखम्बे अर्थनीतिलाई अवलम्बन गर्दै  अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “जीवराज आश्रितका लोकतन्त्रलगायतका न्यूनतम सपना पूरा भएका भएका छन्, तर समाजवादी सपना अझै पूरा हुनसकेको छैन, अबको नयाँपुस्ताले त्यो सपना गर्नुपर्ने छ ।”

वरिष्ठ नेता खनालले स्व नेता आश्रित कुशल सङ्गठक मात्र नभएर सिद्धान्तकारलगायत बहुआयामिक व्यक्तित्व भएको भन्दै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको कदर गर्नुभयो ।
 
नेकपाका सचिवालय सदस्य वामदेव गौतमले कमरेड आश्रितलाई साहित्यकार, राजनीतिज्ञ, सिद्धान्तकार र कुशल सङ्गठकको रुपमा चिन्न सकिन्छ भन्नुभयो । नेकपाका नेता युवराज ज्ञवालीले “हिजोको सङ्घर्ष राजतन्त्र हटाएर लोकतन्त्र ल्याउनु थियो, तर आजको संघर्ष फरक छ, आज जनताको अपेक्षा पूरा गर्नु छ, विकास गर्नुछ, त्यसैले फरक तरिकाले काम गर्नुपर्ने छ” भन्नुभयो । 
 
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आम जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरिरहेको सन्दर्भमा पार्टीका कुनै पनि नेतालाई असफल हुने छुट नभएको बताउनुभयो । पूर्वमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कविता प्रतियोगितामा कवि बद्री दाहाल प्रथम, अशोक नेपाल द्वितीय, अर्जुन राई तृतीय र सन्देश पाण्डे सान्त्वना हुनुभयो । पुरस्कारको राशि क्रमशः रु १० हजार, सात हजार, पाँच हजार र दुई हजार ५०० रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको