Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ भर्न छुटाउनु होला, हिमाल दोलखा हाईड्रोपावरको आइपिओ बजारमा

अर्थ संसार

आइतबार, १९ साउन २०७६, ०८ : ३७ मा प्रकाशित

आइपिओ भर्न छुटाउनु होला, हिमाल दोलखा हाईड्रोपावरको आइपिओ  बजारमा

अर्थ संसार, काठमाडौं– हिमाल दोलखाहाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि छट्याएको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता शेयरहरुको यहि साउन २४ गतेसम्म मात्र निष्काशन खुल्ला गरिने छ ।

आगामी आ.ब. देखि नै कम्पनी नाफामा गई शेयरधनीहरुलाई लाभांश दिन सक्ने भएको हुँदा सर्वसाधारण लगानीकर्ताहरुको लागि लगानीको राम्रो अवसर रहेको यस कम्पनीमा प्रति शेयर  १००/– का दरले भुक्तानी गर्नु पर्ने यस शेयरमा न्युनतम १० कित्ता देखि अधिकतम १ लाखकित्ता सम्म आवेदनदिन सकिने छ । उक्त निष्कासनबाट प्राप्त हुने सम्पूर्ण आम्दानी रकम बैंकको कर्जा तिर्न उपयोग गरिने छ ।

हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेड इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं. ९ मा रहेको छ ।

कम्पनीसँगमाई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई खोला साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) दुवै आयोजनाहरु क्रमशः मिति २०६७/११/०१ गते तथा मिति २०७४/१२/२६ गतेदेखि ब्यापारीक उत्पादन शुरु भैसकेको ब्यहोरा अनुरोध छ ।

यस कम्पनीले KBNR इशुवापावर लिमिटेड (९७.२ मेगावाट) मा १९५ शेयर लगानी गरेको छ । उक्त आयोजनामा प्रति मेगावाट लागत १० करोड रहेको र सोबाट प्रति मेगावाट ४.३५ करोड आम्दानी हुने छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको