अर्थ संसार, काठमाडौं–मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर विस्तार हुने क्रममा पूर्वी नेपालका तीन शहरमा पुगेको छ । मेरो सुरक्षाले पूर्वका विराटनगर, इटहरी र धरानमा आफ्नो सेवा विस्तार गरेको हो ।
यस अघि चितवन र बीरगञ्जबाट सेवा दिईरहेको मेरो सुरक्षाले पश्चिम नेपालका तीन शहर बुटवल, पोखरा र पाल्पामा शाखा बिस्तार गरेको थियो । पुर्वमा शाखा विस्तार भएसँगै सबै महानगरपालिका र तीन उप महानगरपालिकामा मेरो सुरक्षाको सेवा पुगेको कम्पनीले जनाएको छ ।
मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले राजधानी तथा बीरगञ्ज, चितवन, बुटवल, पोखरा र पाल्पामा पाएको सफलतासँगै मोबाइल प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर सेवा बिस्तार गरिएको बताए । साथै उनले आगामी भदौभित्र घोराही, धनगढी,नेपालगंञ्ज, तुल्सीपुर,जनकपुर, हेटौँडा र तनहुँमा शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।
संचालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलको बीमा सेवा उपलब्ध गराउँदै आएको छ । साथै मेरो सुरक्षाले प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको बीमा सेवा पनि निशुल्क उपलब्ध गराउँदै आएको छ । सेवा सुरु गरेको छोटो समयमा नै ७० हजार बढी मोबाइल प्रयोगकर्ता मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लानमा आवद्ध भईसकेका छन् ।
जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा योजनामा आबद्ध मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरर्गत नयाँ मोबाइल पाउने छन् । साथै हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराइनेछ ।
कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटा सहित मर्मत सम्भार सेवा सहित नयाँ मोबाइल सेट पाउने छन् ।
मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिन भित्र मेरो सुरक्षाले नयाँ मोबाइल उपलब्ध गराउने छ । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।
यो सेवा पाउनका लागि सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षाको मोबाइल एप डाउनलोड गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ ।
मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर महानायक राजेश हमाल छन् ।
मोबाइल प्रोटेक्सन प्लानले मोबाइलका लाखौं प्रयोगकर्ता, मोबाइल व्यवसायी तथा राष्ट्रलाई योगदान पुर्याउने विश्वास मेरो सुरक्षाले लिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस