Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारणका लागि सिद्धार्थ बैंकको सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, १५ असार २०८३, १० : २६ मा प्रकाशित

सर्वसाधारणका लागि सिद्धार्थ बैंकको सेयर बिक्रीमा

सिद्धार्थ बैंकको सर्वसाधारण तथा विभिन्न संघ-संस्थाहरूका लागि आफ्नो संस्थापक समूहको करिब पौने ३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको २ लाख ७२ हजार ७३७ कित्ता सेयर बिक्रीमा राखिएको हो।

यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूलाई सेयर बिक्री खुला गरिएको भए पनि कुनै आवेदन नपरेपछि अहिले अन्य इच्छुक व्यक्ति तथा संस्थाहरूका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ। यो सेयर खरिद गर्न चाहनेहरूले आवश्यक प्रक्रिया पूरा गरी ७ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको