साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । गत साता पनि घटेको बजार यो साताको पहिलो दिन नै २४.६३ अंककले घटेको हो ।
आज सेयर बजार ०.९३ प्रतिशतले घटेर २६०८.३३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २३५ कम्पनीको सेयर मूल्य घटेको छ भने ३५ वटा कम्पनीको मात्रै बढेको छ । आज ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.०४ अंकले घटेर ४५२.७९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
सेयर बजार राताम्य भएको दिन ३ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३६५ कम्पनीका ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर ७९ हजार २८६ पटक खरिद बिक्री हुँदा ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस