Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजारको विकासमा इमान्दार भएर काम गर्छु - अध्यक्ष भट्ट

अर्थ संसार

सोमबार, १५ असार २०८३, ११ : ५४ मा प्रकाशित

पुँजी बजारको विकासमा इमान्दार भएर काम गर्छु - अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल भट्टले सरकार र अर्थ मन्त्रालयको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

असार ५ गतेको मन्त्रिपरिषद् बैठकबाट अध्यक्षमा नियुक्त भएका भट्टले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट पद तथा गोपनीयताको शपथ लिँदै आफ्नो ज्ञान, अनुभव र सीपलाई लगानीकर्ताको हित र देशको आर्थिक वृद्धिमा लगाउने बताएका हुन्।

सो अवसरमा उनले पुँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरूलाई कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर लाग्ने प्रतिबद्धता समेत जनाए भने अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई आम लगानीकर्ताको लगानी सुरक्षा र हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको