Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा तीन कम्पनीको १ करोड १० लाख बढी कित्ता बोनस सेयर सूचीकृत

अर्थ संसार

सोमबार, १५ असार २०८३, १५ : ४९ मा प्रकाशित

नेप्सेमा तीन कम्पनीको १ करोड १० लाख बढी कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न कम्पनीको १ करोड १० लाख बढी कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेमा एनएमबि बैंक, नेको इन्स्योरेन्स र सुपर माई हाइड्रोपावरको सेयर सूचीकृत भएको  हो  । 

जसमा एनएमबि बैंकको सबैभन्दा बढी ९१ लाख ८३ हजार ३५२.९८ कित्ता, सुपर माई हाइड्रोपावरको १० लाख ७० हजार कित्ता र  नेको इन्स्योरेन्सको ८ लाख ७ हजार ४६० कित्ता सेयर रहेको छ। 

अघिल्लो आर्थिक वर्षका लागि एनएमबि बैंकले ५ प्रतिशत, नेको इन्स्योरेन्सले ३ प्रतिशत र सुपरमाई हाइड्रोपावरले २० प्रतिशत बोनस सेयर लगानीकर्ताहरुलाई वितरण गरेका थिए। यो सूचीकरणसँगै अब सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा सेयर जम्मा भएपछि दोस्रो बजारमा यी सेयरको कारोबार गर्न मिल्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको