Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्स २४ औँ बर्षमा

मिलन खड्का

आइतबार, १९ साउन २०७६, १४ : ३३ मा प्रकाशित

प्रभु इन्स्योरेन्स २४ औँ बर्षमा

अर्थ संसार, काठमाडौं–प्रभु इन्स्योरेन्स लिमिटेडले  श्रावण १७ गते देखि कम्पनी स्थापनाको २३ औँ बर्ष पूरा गरी २४ औँ बर्षमा प्रवेश गरेको छ ।

२४ औँ स्थापना दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष श्री चिरन्जिवी चापागाईज्यूले निर्जीबन बीमा कम्पनीहरु मध्ये प्रभु इन्स्योरेन्सको संस्थागत सुशासन अब्बल रहेको बताउनु हुंदै व्यवसायको तुलनामा दावी भुक्तानी न्यून रहेको तथा अन्य परिसुचकहरु राम्रो रहेकोले कम्पनीको अवस्था धेरै राम्रो रहेको बाउनु भयो ।

सोहि कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले गत आर्थिक वर्ष २०७५/०७६ मा बीमा क्षेत्रले धेरै राम्रो प्रगति गर्न सकेको बताउनु हुँदै बिगत वर्ष बीमाको पहुँच ६-७ प्रतिशत जनतामा रहेकोमा आ.व.२०७५/०७६ मा १९ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको बताउँदै मुलुकको कुल गार्हस्थ उत्पादनमा बीमाक्षेत्रको योगदान २ प्रतिशत रहेको बताउनु भयो ।

साथै बीमा कम्पनीको पूँजी बृद्धिको लागि तोकिएको समय सिमा समाप्त भएकोले अव तोकिएको चुक्ता पुँजी पु-याउन नसक्ने कम्पनीको लागि कुनै पनि समय सिमा थप नगर्ने तथा पुँजी बृद्धि गर्न असफल कम्पनीहरुलाई स्पष्टिकरण सोधि सकिएको बताउँदै बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको बृतीबिकासको लागि सबै बीमा कम्पनी तथा बीमा समितिको सहकार्यमा बीमा तालिम केन्द्र स्थापना गरिसकिएको बताउनु भयो । 

सोहि कार्यक्रममा बोल्नु हुंदै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनी बीमा समितिको मार्गदर्शनमा अगाडी बढिरहेको बताउँदै कम्पनीले बीमाको बिकासको लागि नयाँ-नयाँ प्रोडक्टहरुको शुरुवात गर्नलागेको र सोका लागि नियामनकारी निकायको सदैव सहयोगको आवश्यकता रहेको बताउनु भयो । साथै कम्पनीका सञ्चालक श्री राजेन्द्र मल्लले पुनर्बीमा सम्वन्धी सम्पूर्ण कारोवार मुलुक भित्र नहुने हुनाले अझै पनि ठूलो रकम बिदेशिने गरेकोले नेपालमा रहेको पुनर्बीमा कम्पनीलाई अझ मजबुत बनाउन आग्रह गर्नुभयो । 

फोटोफिचर हेर्नको लागि यहाँ क्लिक तलको लिंक क्लिक गर्नुहोस्

फोटो फिचर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको