Like us!
Follow us!
Connect us!
Watch us!

किन्न नसकिने नै भएको हो त सुन? नेपाल इतिहास कै आज सम्मको महँगो

मिलन खड्का

सोमबार, २० साउन २०७६, १४ : २० मा प्रकाशित

किन्न नसकिने नै भएको हो त सुन? नेपाल इतिहास कै आज सम्मको महँगो

अर्थ संसार, काठमाडौं– आज  सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ६६ हजार ३००  रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज  बढेर ६७ हजार ८००  रुपैयामा कारोबार भईरहेको छ ।
 
त्यसैगरी अाइतबार  ६६  हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ६७ हजार ५०० रुपैयामामा कारोबार हुँदै छ  ।
    
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५८ हजार १३० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५७ हजार ८७५ रुपैयाँ  कायम गरेको छ।
 
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६८१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

 
सुनको बजार मुल्य केही दिन देखी लगातार माथि उक्लिने क्रममा छ। अन्तर्राष्ट्रिय बजार मै केही दिन देखी सुनको भाउ  बढने क्रममा छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अमेरिका इरानबीचको बदिरहेको तनाव तथा अमेरिका चीन व्यवपार तनाबको  असरले गर्दा  अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उक्लिने क्रममा छ  ।

वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन चार महिना पछी झन्डै ८ हजार रुपैया बढेको छ । 

आजको सुनको भाउ, अहिले सम्म कै महँगो भाउ हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको