अर्थ संसार, काठमाडौं - आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको
छ । मंगलबार रातिबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टीतेलमा ५० पैसा प्रतिलिटर मूल्य बढाएको छ ।
खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाएको छ । इन्डियन आल कर्पोरेसन (आइओसी) ले १६ साउनमा पठाएको नयाँ मूल्यसूचीमा ग्यासको मूल्य घटेर आएको हो ।
सोहीअनुसार नेपाली बजारमा मूल्य घटाएर उपभोक्तालाई राहत दिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार मूल्य घटेपछि बुधबार बिहानबाट ग्यासको प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँमा उपलब्ध हुनेछ ।
त्यस्तै काठमाडौं उपत्यकामा पेट्रोल १ सय ९ र डिजेल ९७ रुपैयाँमा बिक्री हुनेछ । कुनै वेला निगम निकै घाटामा थियो । यसको सञ्चिति घाटा ३५ अब रुपैयाँ नाघिसकेको थियो ।
निगमले पाँच वर्षअघि मूल्य समायोजनको अवधारणा ल्याएपछि भने यसको वित्तीय अवस्थामा सुधार आउन थालेको हो । अहिले यसले गर्ने नाफमा समेत वेला–वेलामा प्रश्न उठ्ने गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस