Like us!
Follow us!
Connect us!
Watch us!

आइसिटी अवार्डका विजेतालाई वाणिज्य बैंकको १५ लाखसम्मको सहुलियतपुर्ण ऋण र १० लाखको इन्सुरेन्स

मिलन खड्का

शुक्रबार, २४ साउन २०७६, १३ : २९ मा प्रकाशित

आइसिटी अवार्डका विजेतालाई वाणिज्य बैंकको १५ लाखसम्मको सहुलियतपुर्ण ऋण र १० लाखको इन्सुरेन्स

अर्थ संसार, काठमाडौं - सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड’ को चौथो संस्करण यहि साउन ३२ गते सोल्टी क्राउन प्लाजामा आयोजना हुदैछ । यस वर्षको आइसिटी अवार्डमा ३ विधाका सर्वोत्कृष्टहरुलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विना धितो ऋण दिने जानकारी गराएको छ । राष्ट्रिय वाणिज्य बंंैक आइसिटी अवार्ड २०१९ को बैकिङ पार्टनरको रुपमा रहेको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाई बैंकले यो सुविधा दिन लागेको हो । 

यसैगरी आइसिटी अवार्डको इन्सुरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्सुरेन्सले सम्पुर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्सुरेन्स गरिदिने जानकारी गराएको छ । यस वर्ष १० वटा विधामा आइसिटी अवार्ड प्रदान गरिनेछ । 
आइसिटी अवार्ड २०१९ सफल बनाउन २ दर्जन बढि सस्थाहरुले सहयोग तथा सहकार्य गरेका छन । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल सुचना प्रविधि केन्द, नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकम यस अवार्डका मुख्य सहयोगी सस्थाहरु हुन । यसैगरी बैकिङ पार्टनरको रुपमा राष्ट्रिय वाणिज्य बैंक, पेमेन्ट पार्टनरको रुपमा कनेक्ट आइपिएस, एजुकेशन पार्टनरको रुपमा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी रहेका छन । यसैगरी इन्सुरेन्स पार्टनरको रुपमा एसियन लाइफ इन्सुरेन्स, इन्टरनेट पार्टनरमा भायनेट कम्युनिकेशन, नेटवर्क पार्टनरमा डिजिकम र साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेज रहेका छन । 

जेष्ठ १, २०७६ देखि सुरु भएको आइसिटी अवार्डको तयारी साउन ३२ गते ग्राण्ड फिनालेको रुपमा समापन हुनेछ । विभिन्न ९ विधामा २ सय बढिको नोमिनेशन प्राप्त भएको अवार्डको छनौट प्रकृयामा ११ जना जुरी र ८ जना जुरी सल्लाहकारहरुको सहभागिता रहेको छ । 

आइसिटी अवार्डमा टेक्सास कलेज, एफ वान सफ्ट, एसिसिए ग्लोबल, इन्फो डेभलपर्स, साइबरनेटिक्स, समृद्धी कलेज, वल्र्डलिंक, नेटगियर, सगरमाथा इन्जिनियरिङ कलेज, क्याब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी र भिजिट नेपाल २०२० रहेका छन । यसैगरी लर्निङ पार्टनरको रुपमा स्मार्टर एप, जिपिएस पार्टनर प्रमिस टु सेक्युर, प्रिन्ट पार्टनर बिटि प्रिन्टिङ, डिजिटल पार्टनर टेक्नोरियो रहेका छन । आइसिटी अवार्ड २०१९ को ३ विधामा उत्कृष्ट ५ को पब्लिक भोटिङ साउन १८ सम्म सञ्चालन भएको थियो भने अन्य ६ विधामा जुरी समुहले फिल्ड भिजिट सहित छनौट प्रकृया जारी रहेको छ । यसैगरी पब्लिक च्वाइस आइसिटी अवार्डको लागि एसएमएस भोटिङ जारी रहेको छ । 

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड र डायस्पोरा आइसिटी अवार्ड छन् । यसैगरी यस वर्ष डिजिटल एजुकेसन आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी दुई विधा थप गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको