Like us!
Follow us!
Connect us!
Watch us!

चर्चित होइन लोकप्रिय बन्न चाहन्छु - मोडल सिर्जना थापा (फोटो सहित)

मिलन खड्का

शुक्रबार, २४ साउन २०७६, १४ : १५ मा प्रकाशित

चर्चित होइन लोकप्रिय बन्न चाहन्छु - मोडल सिर्जना थापा (फोटो सहित)

अर्थ संसार, काठमाडौं–  सिर्जना थापा नेपाली सिने क्षेत्रमा प्रवेश गर्दै गरेकी नब मोडल हुन् । कुनै पनि क्षेत्रमा मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भबनै छ ।

अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ ।  नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार आफ्नो क्षमता प्रदर्शन गर्दै अघि बढेकी छिन सिर्जना ।  राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै सपना संग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो ।  

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ।  त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल हुन सिर्जना थापा अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन ।  मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल सिर्जनाले भर्खरै सम्पन्न भएको मिसेस ग्रान्ड २०१९ को सेकेण्ड रनरअप उपाधि समेत जित्न सफल भएकी थिइन् ।

अभिनय तथा नृत्यमा पोख्त मोडल सिर्जना थापा  सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो । उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l किर्तिपुरमा जन्मेर हुर्केकी हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभाबकि छिन । मोडेल सिर्जना भन्छिन यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको उनि बताउछिन ।

सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने प्रिया अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन । सिर्जनाले  भनिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि सिर्जना बताउछिन।

5d4d305f160be.jpg 5d4d305f6c544.jpg 5d4d305fade1e.jpg 5d4d306004c14.JPG 5d4d30609d8b3.jpg 5d4d3061152ce.jpg 5d4d306129171.jpg 5d4d3061a7dfc.JPG 5d4d3061e3071.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको