Like us!
Follow us!
Connect us!
Watch us!

इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो

अर्थ संसार

आइतबार, ०१ भदौ २०७६, १० : ५० मा प्रकाशित

इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो

अर्थ संसार, काठमाडौं–  गणतन्त्र इण्डोनेशियाको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार एक समारोहका बीच नेपालका लागि इण्डोनेशियाका अवैतनिक वाणिज्यदुत एवम् आइएमई ग्रुपका अध्यक्ष  चन्द्र प्रसाद ढकालले वाणिज्यदुतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा इण्डोनेशियाको झण्डोत्तल नगर्नु भएको छ ।

कार्यक्रममा नेपालमा बसोबास गरिरहनु भएका इण्डोनेशियन नागरिकहरु, वाणिज्यदुत कार्यालयका कर्मचारी तथा आइएमईमा कार्यरत कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो ।

इण्डोेनेसियको शान्ति र समृद्विको कामना गर्दै अवैतनिक बाणिज्यदूत ढकालले सन् २००८ देखि नै बिभिन्न उद्देश्यले नेपालमा बसोबास गरिरहेका इण्डोनेसियन नागरिकसँग सँगै बसेर इण्डोनेसियाको स्वतन्त्र दिवस मनाउ नपाउँदा खुशी लागेको बताउनुभयो ।

नेपाल र गणतन्त्र इण्डोनेशियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । गणतन्त्र इण्डोनेशियाले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपालका लागि इण्डोनेशियाको अवैतनिक वाणिज्यदुतमा नियुक्त गरे यतायीदुई देशबीचको सम्बन्ध थपमजबुत बन्दै आएको छ ।

नेपालका लागि इण्डोनेशियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ ।

इण्डोनेशिया आसियान राष्ट्रहरूमध्येको सबैभन्दा ठूलो अर्थतन्त्रहो । साथै नेपाल र इण्डोनेशियाबीचको व्यापारको परिमाण पनिनिकै ठूलो छ । दुई देशबीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको