Like us!
Follow us!
Connect us!
Watch us!

सस्तोमा सिभिल बैंकको संस्थापकको शेयर उठाउने मौका, १२ लाख २८ हजार कित्ता शेयर आजबाट बिक्रीमा

अर्थ संसार

सोमबार, ०२ भदौ २०७६, ०८ : ५२ मा प्रकाशित

सस्तोमा सिभिल बैंकको संस्थापकको शेयर उठाउने मौका, १२ लाख २८ हजार कित्ता शेयर आजबाट बिक्रीमा

अर्थ संसार, काठमाडौं- सिभिल बैंक लिमिटेडको संस्थापक समूहतर्फको १२ लाख ८२ हजार कित्ता शेयर (आज) सोमबारदेखि बिक्री खुल्ला भएको छ ।

बैंकले प्रतिशेयर १०० अंकित दरका जम्मा १२ लाख ८२ हजार ८८१ कित्ता सेयर शेयर बिक्रीमा राखेको हो । लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्रा रु। १०० तोकिएको हुँदा लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

कहाँबाट आवेदन दिने ?

बैंकले बिक्री खुल्ला गरेको उक्त शेयर खरिद गर्न संस्थापक सेयरधनीरबैंक तथा वित्तीय संस्थाको संस्पापक सेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले भदौ १६ गतेभित्र काठमाण्डौको सुन्धारास्थित सिभिल क्यापिटल मार्केट लिमिटेडमा गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ ।

बैंकका अनुसार प्राप्त आवेदन भदौ १६ गते कार्यालय समयभित्र सुन्धारास्थित सिभिल क्यापिटल मार्केट लिमिटेडमा खोलिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको