Like us!
Follow us!
Connect us!
Watch us!

बैंक प्रवन्धक स्वाँरको हृदयघातबाट मृत्यु ,कारण करोडौँ ठगी अभियोगको तनाव

अर्थ संसार

सोमबार, ०९ भदौ २०७६, ०८ : २० मा प्रकाशित

बैंक प्रवन्धक स्वाँरको हृदयघातबाट मृत्यु ,कारण करोडौँ  ठगी  अभियोगको तनाव

अर्थ संसार, नेपालगञ्ज -सिटिजन्स बैंक नेपालगञ्जका प्रबन्धक विवेक स्वाँरको हृदयघातका कारण गए राति मृत्यु भएको छ । हृदयघात भएर भेरी अस्पताल ल्याइएका स्वाँरको उपचारका क्रममा मृत्यु भएको हो ।

 सिटिजन्स बैंकमा नक्कली सुन धितो राखेर बैंकलाई करोडौँ ठगी गरेको अभियोग लागेपछि मानसिक तनावमा रहेका स्वाँरको हृदयघातबाट मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

 सिटिजन्स बैंकमा दिनभर व्यस्त रहेका स्वाँर आइतबार अबेर बेलुका ६ बजे कार्यालयबाट घर आएका थिए । उनी एक्कासि बिरामी भएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । स्वाँरले बैंकिङ कसुरअन्तर्गत मुद्दा भोगिरहेका थिए । गत साउन ८ गते रु २५ लाख धरौटीमा छुटेका स्वाँरको एक महीनापछि भदौ ८ गतेका दिन हृदयघातबाट मृत्यु भएको छ । उनको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको