Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप लिग २ : नेदरल्यान्ड्सँग भिड्दै नेपाल, शीर्ष चारमा पर्न जित्नैपर्ने दबाब

अर्थ संसार

बुधबार, १३ साउन २०८३, १४ : ४१ मा प्रकाशित

विश्वकप लिग २ : नेदरल्यान्ड्सँग भिड्दै नेपाल, शीर्ष चारमा पर्न जित्नैपर्ने दबाब

आज आइसिसी विश्वकप लिग २ क्रिकेटमा नेपालले आयोजक नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेल नेदरल्यान्ड्सको उट्रेचमा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । 

अघिल्लो खेलमा नामिबियासँग ३ रनले हार व्यहोरेको नेपाल आजको खेल जितेर जितको लयमा फर्किन चाहन्छ । नामिबियाविरुद्ध करण केसीले ५ विकेट लिएका थिए भने आसिफ शेख र रोहित पौडल राम्रो ब्याटिङ गरे पनि नेपाल २१२ रनको लक्ष्य भेट्याउन असफल भएको थियो ।

लगातारको हारपछि नेपाल अंक तालिकाको पाँचौँ स्थानबाट छैटौँ स्थानमा झरेको छ । नेपालले ३१ खेलबाट २४ अंक मात्र जोडेको छ । अर्कोतर्फ, ३६ अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा छ भने नेपाललाई हराएको नामिबिया २६ अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ ।

अंक तालिकाको शीर्ष स्थानमा अमेरिका (४३ अंक), दोस्रोमा स्कटल्यान्ड (३८ अंक) र चौथोमा ओमान (३१ अंक) रहेका छन् । क्यानडा २४ अंकसहित सातौँ र युएई १४ अंकसहित सबैभन्दा तल (आठौँ स्थानमा) छन् । नेपाललाई शीर्ष चारमा पर्न अबका सबै खेलहरू जित्नैपर्ने दबाब रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको