Like us!
Follow us!
Connect us!
Watch us!

एक वर्षमा लघु निर्जीवन बीमाकाे व्यापार १ अर्ब माथि

अर्थ संसार

बुधबार, १३ साउन २०८३, १५ : ३१ मा प्रकाशित

एक वर्षमा लघु निर्जीवन बीमाकाे व्यापार १ अर्ब माथि

लघु निर्जीवन बीमकले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ३१ करोड रुपैयाँ बढीको व्यापार भित्र्याउन सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ४ वटा लघु निर्जीवन बीमकले १ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। यस अवघि ती लघु बीमकले ५ लाख ९७२ वटा बीमालेख जारी गरेका छन्।

तथ्यांकअनुसार गत आर्थिक वर्षमा सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो लघु बीमकले १ लाख ४३ हजार ६८१ वटा बीमालेख जारी गर्दै ३७ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १ लाख २० हजार २१३ वटा बीमालेख जारी गर्दै ३२ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यसैगरी स्टार माइक्रो इन्स्योरेन्सले १ लाख ३९ हजार ७१ वटा बीमालेख जारी गर्दै ३१ करोड ८१ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९८ हजार ७ वटा बीमालेख जारी गर्दै ३० करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको