Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश दिने

सोमबार, ०९ भदौ २०७६, १९ : ०९ मा प्रकाशित

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश  दिने

अर्थ संसार, काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनललले आफ्ना शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । 

सोमबार बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुने गरि बैंकले आफ्ना सम्पूर्ण शेयरधनीमहानुभावहरुलाई आ.व. २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रु. १,००,४५,२७,७७३/– नगदलाभांश र ३ प्रतिशतले हुने रु. २५,११,३१,९४३/– बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधिभित्र रु १ अर्ब ४६ करोड खुदमुनाफाआर्जन गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजतप्राप्त श्री सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्यप्रक्रियागतकार्यहरु अगाडि बढिरहेको जनाएको छ । संघीयतालाई दह्रो  र सहजबनाउन भूमिकानिर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमाथप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको