आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले त्यस उत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ । साइकल यात्रा २०७४ कात्तिक २३, २४ र २५ गते तीन दिन हुनेछ
अभियानले गत कात्तिकमा भएको विजयोत्सवका बेला काठमाडौंबाट ८० जना ब्यवसायीक साइकल यात्रीलाई सिन्धुलीगढी लगेको थियो । ‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई यस यात्रामा सहभागी गराउने समृद्ध सिन्धुली नागरिक अभियानले प्रयत्न गर्ने समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले बताए ।
साइकल यात्रामा पर्यटन बोर्डले सघाउने भएको छ । स्थानीय रुपमा सिन्धुलीगढी संरक्षण समितिले कार्यक्रमको प्रबन्ध मिलाउने छ । काठमाडौंबाट झण्डै १ सय ५३ किलोमिटर यात्रा साइकल यात्रीले तय गर्ने छन् ।
यसै अबसरमा सिन्धुलीगढीका अनुसन्धानकर्ता सागर ढकालद्वारा लिखित ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ पुस्तकको पनि बिमोचन गरिएको छ । उक्त पुस्तक सिन्धुलीगढी संरक्षण तथा सम्बर्धन समितिले प्रकाशन गरेको हो । अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस