अर्थ संसार, काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद ( लाभांशमा लाग्ने कर समेतं) र ६ प्रतिशत बोन शेयर दिने भएको हो ।
आइतबार बसेको संचाल समितिले उक्त लाभांश दिने निर्णय गरेको बैंकले जनाएको छ । संचालक समितिले प्रस्ताव गरेको लांभश नियमन निकाय नेपाल राष्ट्रकको स्वीकृत भई आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस