Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली जुत्ताघरको सिइइ उत्तिर्ण विद्यार्थी लच्छीत छात्रवृत्ति योजना घोषणा : नरबहादुरले जिते ५० हजार

अर्थ संसार

सोमबार, १६ भदौ २०७६, १३ : ५२ मा प्रकाशित

नेपाली जुत्ताघरको सिइइ  उत्तिर्ण विद्यार्थी लच्छीत छात्रवृत्ति योजना घोषणा  : नरबहादुरले जिते ५० हजार

अर्थ संसार, काठमाडौं– नेपाली जुत्ताघरद्धारा गत असार १५ वाट सञ्चालित एसएलसि उत्तिर्ण विद्यार्थी लच्छीत छात्रवृत्ति कार्यक्रमको आइतबार घोषणा गरिएको छ, लक्की ड्र बाट बसुन्धरा बस्ने नरबहादुर तामाङले नगद ५० हजार छात्रवृत्ति प्राप्त गरेका छन्, उनीसंगै दास्रो पुरुष्कारको रुपमा ललितपुरका लालबहादुर लिम्बु र शंकर रिजालले नगद २५/२५ हजार छात्रवृत्ति प्राप्त गरे, तेस्रो नगद छात्रवृत्ति पुरुष्कार रु. १०/१० हजार हरिबहादुर सापकोटा, एलिसा श्रेष्ठ, एलिस श्रेष्ठ, भरतमणी बन्जाडे, सुशिल बुढा क्षेत्रीले प्राप्त गरेका छन् ।

यसैगरी सान्त्वना पुरुष्कारमा २ जोडी कलेज जुत्ता २० जनाले प्राप्त गरे, जसमा सुष्मा ढकाल, सुरथ टन्डन, शंकर रिजाल, रोचक सिंह कार्की, कृष्ण प्रसाद, बेबिना बज्राचार्य, केशव कुमार श्रेष्ठ, इश्वर थापा, इश्वरी अर्याल, सुरेन्द्र महाजन, दिपेन्द्र यादव, थमबहादुर घर्ती, सूर्यकुमार खड्का, अनिल खड्का, सुनिल लामा, रामशरण बराल, बिशाल गुरुङ्ग, सुजन श्रेष्ठ, प्रतिक्षा खड्का, सम्राट केशी रहेका छन् ।
    
नेपालका चर्चित स्वदेशी ब्राण्डहरु शिखर सुज, बिएफ डियरहिल सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड सहितको ब्राण्डहरु एकै छानामुनी रहेको नेपाली जुत्ताघरले २०७५ सालको एसइइ मा उत्तिर्ण विद्यार्थीहरुका लागि उच्च शिक्षाका लागि सहयोग पुर्याउने अपेक्षका साथ यो छात्रवृत्ति कार्यक्रम ल्याएको हो ।

यस योजनामा ग्राहकवर्गहरुले नेपाली जुत्ताघर मार्फत जुनसुकै ब्रण्डको जुुत्ताचप्पल खरिद गर्दा पाएको लक्की ड्र कुपन मार्फत भाग्यशाली विद्यार्थीलाई छात्रवृत्तिको लागि छानिएको हो । पुरुष्कारको लागि विजेताहरुले १५ दिनभित्रमा आफ्नो कुपन सहित जुत्ताघरमा सम्पर्क गर्नुपर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको